Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत १९ गते ।

महोत्तरीको बर्दिबासबाट प्रहरीले २३५ किलो लागूऔषध गाँजा बरामद गरेको छ । बर्दिबास नगरपालिका ३ गौरीडाडाबाट गाँजासहित मिनिट्रक र त्यसका चालकलाई समेत नियन्त्रणमा लिएको छ ।

सोमबार साँझ पौने ७ बजे बिपी राजमार्गअन्तर्गत सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको बागमती प्रदेश–०१–००६ ख ५३७१ नम्बरको निलो मिनिट्रक जाँचका क्रममा गाँजा फेला परेको हो ।

इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्दा ट्रकको हुडमा फल्स बटम बनाई कालो त्रिपालले छोपेर लुकाइएका २० वटा पोकाबाट २३५.६ किलो गाँजा बरामद भएको महोत्तरी प्रहरीका प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए ।

गाँजा तस्करीमा संलग्न मिनिट्रक चालक मकवानपुर थाहा नगरपालिका–७ डाँडाबासका २७ वर्षीय कबिराज गोलेलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *