Skip to main content


सामाजिक फीड

काठमाडौं, चैत १८ गते ।

सर्लाहीको चक्रघट्टा गाउँपालिका–८ का १९ वर्षीय राहुल साहको हत्या आरोपमा ६ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नमा सर्लाही, चक्रघट्टा गाउँपालिका–१ का २२ वर्षीय निपु मण्डल, गोकर्णेश्वर नगरपालिका–६ का १८ वर्षीय विजय यादव, गोकर्णेश्वर नगरपालिका–६ का १८ वर्षीय करन कुमार महतो, गोकर्णेश्वर नगरपालिका–५ का २३ वर्षीय जोधन मण्डल, गोकर्णेश्वर नगरपालिका–१ का ४५४ वर्षीय उत्तम मण्डल र भारत बिहारका २९ वर्षीय सुनिल शर्मा रहेका छन्।

२०८१ चैत ११ गतेदेखि हराएका साहको शव गाडेको अवस्थामा फेला परेको थियो। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ बाहुनधारामा उनको शव चैत १५ गते  माकलबारीको आरके मोटरसाइकल वर्कसपको पछाडि गाडिएको अवस्थामा फेला परेको थियो।

प्रारम्भिक अनुसन्धानमा लेनदेनको विवादका कारण हत्या भएको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *