सामाजिक फीड-
जनकपुरधाम, चैत ५ गते ।
प्रहरीले टोखा झोरबाट २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद गरेको छ। रसुवा नाका हुँदै केरुङतर्फ लैजान लागिएको रकमसहित ट्रक चालक कुसाङ लामा पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनाका आधारमा ना ७ ख १६५२ नम्बरको ट्रक जाँच गर्दा फल्स बटम बनाई लुकाइएको अवस्थामा विदेशी मुद्रा फेला पारेको हो।
पक्राउ परेका कुसाङ लामा यसअघि सुन तस्करीमा संलग्न रही पाँच वर्ष जेल बसेका व्यक्ति हुन्। प्रारम्भिक अनुसन्धानमा उनी भरियाको रूपमा प्रयोग भएको खुलेको छ। प्रहरीले उक्त रकम अवैध सुन तस्करीका लागि चीनतर्फ लैजान खोजिएको हुनसक्ने आशंकामा थप अनुसन्धान गरिरहेको जनाएको छ।