सामाजिक फीड–
जनकपुरधाम, फागुन १ गते ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा आगामी २०८२ साल वैशाख ११ गतेदेखि सञ्चालन गर्ने भएको छ। बोर्डले सार्वजनिक गरेको तालिका अनुसार परीक्षा वैशाख २४ गतेसम्म सञ्चालन हुनेछ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। साधारण तथा परम्परागत धारतर्फका नियमित तथा आंशिक विद्यार्थीहरूका लागि तालिका सार्वजनिक गरिएको छ।
बोर्डले परीक्षामा मोबाइल फोन, स्मार्ट घडी तथा अन्य इलेक्ट्रोनिक्स उपकरणहरू लैजान पूर्ण रूपमा निषेध गरेको छ। साथै, परीक्षा आवेदन फाराम भर्न माघ ३० गतेसम्मको समयसीमा तोकिएको थियो।
राष्ट्रिय परीक्षा बोर्डले आफ्नो वार्षिक कार्यतालिका अनुसार नै परीक्षा सञ्चालन गर्न लागेको हो।