सामाजिक फीड-
जनकपुरधाम , माघ १८ गते ।

जनकपुरधाममा विद्यार्थी पाककला कर्निभल २०८१ भव्य रूपमा सम्पन्न भएको छ। ओम् आरसीएस अंग्रेजी माध्यमिक विद्यालय/+2 क्याम्पसको आयोजनामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूले विभिन्न परिकारहरू तयार गरी आफ्ना पाककला क्षमताहरू प्रदर्शन गरेका थिए।

विद्यार्थीहरूले समूहमा खाना पकाएर बिक्री गरेका थिए, जसले उनीहरूलाई व्यापारिक सोच, टीम वर्क तथा आत्मनिर्भर बन्ने अवसर प्रदान गर्यो। विद्यालयका शिक्षकहरू तथा अभिभावकहरूले कार्यक्रमलाई विशेष सिकाइ अवसरको रूपमा लिएको बताएका छन्। विद्यार्थीहरूले खाना पकाउने सीपसँगै व्यापार सञ्चालन, खरिद–बिक्री प्रक्रिया तथा सहकार्यको दक्षता प्राप्त गरेको विद्यालय व्यवस्थापनले जनाएको छ।

विद्यालयका अनुसार यस कर्निभलले विद्यार्थीहरूलाई सिर्जनशीलता, उद्यमशीलता तथा आत्मनिर्भर बन्ने प्रेरणा दिएको छ। अभिभावकहरू पनि आफ्ना बालबालिकाको प्रतिभा देखेर उत्साहित देखिएका थिए। कार्यक्रमले शिक्षा र व्यावहारिक जीवनबीचको सम्बन्ध बुझ्न सहयोग पुर्याएको छ।