Skip to main content

सामाजिक फीड-
माघ १३ गते – जनकपुरधाम

धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–५ पर्वतामा २९ वर्षीया संगीता ठाकुरको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, शनिबार राति २ बजे आफ्नै श्रीमान् ३३ वर्षीय देवलाल ठाकुरले उनलाई हत्या गरेका हुन्।

प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार, प्रारम्भिक अनुसन्धानबाट देवलालले घरायसी विवादका क्रममा ढोकामा लगाउने आग्लो प्रहार गरी संगीता ठाकुरको हत्या गरेको खुलासा भएको छ।

हाल देवलाल ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *