८ कार्तिक, जनकपुरधाम। लोसपाका निवर्तमान प्रदेशसभा सदस्य अभिराम शर्मा महोत्तरी क्षेत्र नं. ३ ‘क’ बाट पुन: निर्वाचित भएका छन् ।
शर्माले ९ हजार ८९२ मत ल्याएर जसपाका नेता दिपेन्द्र झालाई पराजित गरेका हुन् । भने मधेश प्रदेशका निवर्तमान मुख्यन्यायाधिवक्ता समेत रहेका झाले ९ हजार ८८७ मत ल्याएका छन् । निर्वाचित अभिराम शर्मा पुर्व राज्यमन्त्री समेत हुन्।
साथै उनि २०७४ को निर्वाचनमा त्यहि क्षेत्रबाट बिजयी भएका थिए भने दिपेन्द्र झा चुनावको मुखमा आफ्नो मुख्यन्यायाधिवक्ताको पदबाट राजिनामा दिई जसपामा नेपालमा प्रवेश गरी राजनीतिमा लागेका हुन् ।