सामाजिक फीड-
पुष २७ गते – जनकपुरधाम
क्यालिफोर्नियामा भीषण वन आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, यो आगलागीका कारण १०,००० भन्दा बढी घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। यस घटनामा केही व्यक्तिको मृत्यु भएको पुष्टि भइसकेको छ भने कैयौं घाइते भएका छन्।
आगो नियन्त्रणका लागि अग्नि नियन्त्रण टोली रातदिन खटिएको छ, तर बलियो हावा र प्रतिकूल मौसमका कारण आगो अझै फैलिरहेको छ। प्रभावित क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा सार्न उद्धारकार्य तीव्र रूपमा अघि बढिरहेको छ।
सरकारले पीडितहरूको सहयोगका लागि आपतकालीन राहत कार्यक्रम सुरु गरेको छ। यो आगलागीले स्थानीय समुदायमा ठूलो क्षति पुर्याएको छ।