Skip to main content

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार शोविता गौतम काठमाडौं निर्वाचन क्षेत्र नं. २ ले १५ हजार २ सय २९ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत विमला रेग्मीले जानकारी दिनुभयो । उक्त निर्वाचन क्षेत्रको मतगणना बुधबार बिहान सम्पन्न भएको छ।

गौतमका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मणिराम फुयाँलले ११ हजार ५५५ मत ल्याइन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेलले ११ हजार १४ मत ल्याइन् । त्यसैगरी, नेकपा (माओवादी केन्द्र)की ओनसरी घर्तीले ९ हजार ४ सय ४९ मत प्राप्त गरिन् ।

कूल ५२ हजार ९५६ मतमध्ये काठमाडौं निर्वाचन क्षेत्र नं २ मा २ हजार ११६ मत बदर भएको छ । 2. RSS

Leave a Reply

Your email address will not be published. Required fields are marked *