सामाजिक फीड-
पुष २२ गते – जनकपुरधाम ।
यातायात व्यवस्था विभागले शंकास्पद मानिएका एक लाख दुई हजार सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को वास्तविकता जाँच गर्ने प्रक्रिया सुरू गरेको छ। बागमती प्रदेशका यातायात कार्यालयहरूलाई यी लाइसेन्स सक्कली वा नक्कली हुन् भन्ने प्रमाणित गर्न जिम्मा दिइएको छ।
बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौलाका अनुसार, अध्ययनपछि सक्कली प्रमाणित लाइसेन्सधारकलाई लाइसेन्स वितरण गरिने छ भने नक्कली लाइसेन्स पत्ता लागेमा तिनलाई नष्ट गरिने छ।
यसअघि, विभिन्न यातायात कार्यालयबाट वितरण गरिएका यी लाइसेन्सहरू नक्कली भएको आशंकामा रोकिएका थिए। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले हाल रोक्का गरिएका लाइसेन्सको विवरण सम्बन्धित कार्यालयका रेकर्डसँग मिलाएर जाँच भइरहेको जानकारी दिए। सबै जानकारी सही भएमा ती लाइसेन्स खुला गर्ने प्रक्रिया अघि बढाइनेछ।