Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
११ गते पौष, जनकपुरधाम

कजाकस्तानको अक्ताउ सहरमा बुधबार यात्रुवाहक विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको छ भने २९ जनाको जीवितै उद्धार गरिएको छ। दुर्घटनामा परेकामध्ये दुई बालबालिका पनि उद्धार गरिएका छन्।

कजाकस्तानका उपप्रधानमन्त्री कनात बोजुम्बायेभले दिएको जानकारीअनुसार उद्धार गरिएकामध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ। बाकुबाट रुसको चेचन्यास्थित ग्रोज्नी जाँदै गरेको अजरबैजान एयरलाइन्सको विमान बाक्लो हुस्सुका कारण रुट परिवर्तन गर्दा कजाकस्तानमा दुर्घटनाग्रस्त भएको हो।

विमान उडिरहेको अवस्थामा आगलागी भएको बताइएको छ। विमानमा ६२ यात्रु र ५ जना चालक दलका सदस्य थिए। दुर्घटनास्थलमा भेटिएका शवहरू जलेर चिन्न नसकिने अवस्थामा छन्।

दुर्घटनामा एक शिशु जीवित अवस्थामा फेला परेका छन्, तर कागजात अभावका कारण पहिचान गर्न कठिन भएको छ। ती शिशु हाल अस्पतालमा उपचाररत छन्।

अजरबैजानको सरकारी समाचार एजेन्सीका अनुसार दुर्घटनाको कारण पत्ता लगाउन विमानको ब्ल्याक बक्स फेला पारिएको छ। घटनाको अनुसन्धान गर्न र पीडितहरूको सहायता गर्न एक आयोग गठन गरिएको छ।

विमान दुर्घटनाको यो घटनाले स्थानीय र अन्तर्राष्ट्रिय तहमा शोक र चिन्ता उत्पन्न गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *