Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम,पुस ७ गते ।

तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका-५ स्थित खोरुङ्गा खोलामा टिकटक भिडियो बनाउने क्रममा दुई जनाको ज्यान गएको छ। गौखुरी माध्यमिक विद्यालयकी नर्स शिक्षिका रविना राजवंशी र सोही विद्यालयकी कक्षा ७ मा अध्ययनरत १२ वर्षीया छात्रा सुस्मिता भट्टराईको शनिबार मृत्यु भएको हो।

विद्यार्थीहरूको टोली नुहाउन खोरुङ्गा खोला पुगेका बेला घटना भएको हो। नुहाउने क्रममा शिक्षिका र दुई छात्रा टिकटक भिडियो बनाउन अलग ठाउँतिर गएको स्थानीय प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमकी डीएसपी चिनिमाया तामाङका अनुसार, फोटो र भिडियो खिच्ने क्रममा दुई जना खोचमा खसेका थिए। “दुवै जनाको घटनास्थलमै मृत्यु भएको छ,” उनले बताइन्।

घटनापछि साथमा रहेका अन्य विद्यार्थीहरू निकै आत्तिएका छन्। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *