Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम,पुस ७ गते ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले शान्तिपूर्ण राजनीतिमा आएका नेताविरुद्धको मुद्दा फिर्ता लिने प्रावधानलाई फिर्ता लिने घोषणा गरेका छन्।

प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा विचाराधीन “केही नेपाल ऐन संशोधन विधेयक”को दफा ६४ लाई फिर्ता लिने निर्णय गरिएको हो। उक्त दफामा सशस्त्र द्वन्द्व वा भूमिगत राजनीति छोडी शान्तिपूर्ण राजनीतिमा आएका राजनीतिक शक्तिहरूको जुनसुकै तह र अदालतमा विचाराधीन मुद्दा फिर्ता लिन सक्ने व्यवस्था गरिएको थियो।

मन्त्री चौरसियाले आइतबार बसेको समितिको बैठकमा सम्बोधन गर्दै पूर्ववर्ती मन्त्रीले दफा ६४ फिर्ता लिने प्रतिबद्धता जनाइसकेको हुँदा आफूहरूले पनि सो निर्णयलाई निरन्तरता दिएको बताए।

कानुन मन्त्रालयका सचिव उदयराज सापकोटाले आवश्यक परे भविष्यमा छुट्टै ऐन बनाउन सकिने र “सनसेट ल”को व्यवस्था ल्याउन सकिने धारणा व्यक्त गरे।

समितिमा उक्त प्रावधानले कानूनी र राजनीतिक क्षेत्रमा फरक दृष्टिकोण प्रस्तुत गरेको छ। थप छलफलपछि विधेयकका अन्य पक्षहरूबारे निर्णय लिइने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *