सामाजिक फीड-
३ गते पौष, जनकपुरधाम
भारतीय क्रिकेट टोलीका अनुभवी अफ स्पिनर रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। ३८ वर्षीय अश्विनले गाबा टेस्टपछि आफ्नो सन्यासको घोषणा गरेका हुन्।
अश्विनले आफ्नो करियरमा १०६ टेस्ट खेल्दै ५३७ विकेट लिए, जसले उनलाई भारतका लागि टेस्ट क्रिकेटमा दोस्रो सर्वाधिक विकेट लिने खेलाडी बनाएको छ।
अश्विनले आफ्नो सन्यासको घोषणा गर्दै भने, “यो भारतीय क्रिकेटरको रूपमा सबै प्रारूपमा र अन्तर्राष्ट्रिय स्तरमा मेरो अन्तिम दिन हुनेछ। मैले आफ्नो करियरको आनन्द लिएको छु र धेरै सम्झनाहरू बनाएको छु।”
उनको सन्याससँगै भारतीय क्रिकेटले एक महान स्पिनरलाई गुमाएको छ, जसले आफ्नो बलिङ कौशल र क्रिकेटप्रतिको समर्पणले विश्वभरि प्रशंसा पाएका थिए।