Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस २ गते ।

धनुषा प्रहरीले ४० वर्षीया महिलाको विभत्स हत्या गरेको आरोपमा ५० वर्षीय पुरुषलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

विदेह नगरपालिका–५ मुडिबा टोलकी रामपरीदेवी ठाकुरको हत्यामा संलग्न रहेको आरोपमा स्थानीय सगमलाल पासमानलाई मंगलबार सार्वजनिक गरिएको हो।

गत मंसिर १९ गते दिउँसो पौने १ बजे शहिदनगर नगरपालिका–७ स्थित शिवनारायण मण्डलको खेतमा रामपरीदेवी ठाकुरको शव टाउकोविहीन अवस्थामा फेला परेको थियो। घटनास्थलभन्दा करिब २०५ फिट टाढा नहरको भित्तामा झाडीभित्र उनको टाउको फेला परेको थियो।

प्रहरी उपरीक्षक तिवारीका अनुसार मृतक र आरोपितबीच पहिलेदेखि चिनजान थियो र उनीहरुबीच पटक–पटक फोन सम्पर्क हुने गरेको पाइएको छ। घटनाको दिन पनि दुवैबीच फोन सम्पर्क भएको र स्थानीय प्रत्यक्षदर्शीका अनुसार पासमान घटनास्थलतर्फ पछ्याउँदै गएका थिए।

अनुसन्धानका क्रममा आरोपितको घरबाट रगत लागेको पाइन्ट, टिसर्ट, ज्याकेट बरामद गरिएको छ। साथै, आरोपित पासमानको हात र कानमा काटिएको घाउ रहेको भन्दै प्रहरीले उनलाई हत्यामा संलग्न ठहर गरेको छ।

जिल्ला प्रहरी कार्यालय, धनुषाले घटनामा अरु कोही संलग्न छ वा छैन भन्नेबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *