Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस २ गते ।

एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा नेपालले अपराजित रहँदै सुपर फोर चरणमा स्थान बनाएको छ। मंगलबारको खेलमा नेपाल र भारतले अंक बाँडेपछि नेपाल समूह चरणमा अपराजित रहेको हो।

नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ३.१ ओभरमा २८-० को अवस्थामा खेल्दा वर्षाका कारण खेल रोकियो। खेल पुनः सुरु हुन नसक्दा नतिजा नआएपछि दुबै टोलीले अंक बाँडेका छन्।

नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो। नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन बनाइन्, जबकि एलिसाकुमारी यादवले अविजित रहँदै २० रन जोडिन्।

भारतका लागि परुनिका सिसोडियाले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिइन्।

नेपालले सोमबार पाकिस्तानलाई हराउँदै सुपर फोरमा स्थान बनाइसकेको थियो। पाकिस्तानले भारतसँग पनि पराजित भएको थियो।

नेपाल समूह बी मा दोस्रो स्थानमा रहँदै सुपर फोरमा प्रवेश गरेको हो। अब सुपर फोरमा नेपाल, भारत, श्रीलंका र बंगलादेश प्रतिस्पर्धा गर्नेछन्। शीर्ष दुई टोलीले फाइनल खेल्ने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *