३० कार्तिक, जनकपुरधाम। वाणिज्य बैंकहरूले मङ्सिर मसान्तदेखि मङ्सिर मसान्तसम्म निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेका छन् । नेपाल बैंकर्स संघको आज बिहान बसेको सदस्यको बैठकले आगामी महिना निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ । यसको अर्थ वाणिज्य बैंकहरूले आगामी महिना व्यक्तिगत बचत निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत ब्याज दिनेछन् ।

त्यसैगरी संस्थागत बचत निक्षेपको अधिकतम ब्याजदर १०.१३३ प्रतिशत, सामान्य बचत निक्षेपमा ७.१३३ प्रतिशत र विप्रेषण बचतमा ९.१३ प्रतिशत कायम गरिएको छ । यसअघि नेपाल राष्ट्र बैंकले ब्याजदर परिवर्तन गर्ने हो भने प्रत्येक महिनाको शुरुवातअघि नै ब्याजदर सार्वजनिक गर्न बैंकहरूलाई निर्देशन दिएको थियो । एनबीएका कार्यकारी निर्देशक अनिल शर्माका अनुसार आगामी महिनाको लागि पनि। तर, कर्जाको ब्याजदरमा भने उतारचढाव हुने सम्भावना छ ।