२९ कार्तिक, जनकपुरधाम। मङ्सिर ४ गते हुने संघिय तथा प्रदेश निर्वाचका लागि मतदान स्थल रहेका शिक्षण संस्थाहरु मङ्सिर २ गते देखि ५ गते सम्म बन्द रहने छन्। गृह मन्त्रालयको सूचना अनुसार आज मन्त्रालयले बिज्ञप्ति जारि गर्दै सार्वजनिक विदाको जानकारी गराएका छन्।

जारी गरेको सुचना अनुसार गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सरकारी कार्यालय र सार्वजनिक संस्थाहरु ४ र ५ गते तथा मतदान स्थल रहेका शिक्षण संस्थाहरु २ देखि ५ गतेसम्म बन्द हुने बताएको छ।
मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको एकैचरणमा निवार्चन हुदैछ। उक्त निवार्चनमा शिक्षक तथा कर्मचारीहरुलाई पनि मतदानस्थलमा खटाईएको छ।