Samajik Feed – News Portal from Nepal

२९ कार्तिक, जनकपुरधाम। सोमबार राति नेकपा (एमाले) गण्डकी प्रदेश सचिवालय सदस्य हरि काफ्लेले पालुङटार नगरपालिकाको एक होटलमा समुहको आक्रमणबाट घाइते भएका छन् ।

काफ्लेको टोलीले गोरखा–२ बाट संघीय निर्वाचनमा उम्मेदवारको प्रचारप्रसार गरिरहेको थियो । उनको टाउकोमा सात वटा टाँका लगाइएको र तनहुँको डुम्रेबजारस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।


यस्तै आइतबार दिउँसो चितवनको कुरिनटारमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र सत्तारुढ गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ ।
सत्तारुढ गठबन्धनका कार्यकर्ताले लामिछानेको पार्टीका कार्यकर्ता चढेको गाडीमा मुग्लिन–कुरिनटारमा तोडफोड गरेपछि मौखिक झडप भएको थियो । सम्बन्धित भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ, धेरैले तोडफोडको निन्दा गरेका छन्।

लामिछाने चितवन–२ बाट प्रतिनिधिसभाका उम्मेदवार हुन् ।
सोही दिन दार्चुलाको नौगाढा गाउँपालिकामा नेकपा एमाले र सत्तारुढ गठबन्धनका कार्यकर्ताबीच झडप भएको थियो । आइतबार दिउँसो भएको झडपमा सत्तारुढ गठबन्धनका जयभानसिंह धामी गम्भिर घाइते भएकाले उनलाई धनगढीको अस्पतालमा रिफर गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *