सामाजिक फीड, जनकपुरधाम,७ मंसिर २०८१, शुक्रवार
पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको लुम्बिनीस्थित हजार बुद्ध मन्दिरमा पुजाअर्चना गरेका छन्।
मन्दिर उदघाटन अवसरमा त्यहाँ पूजाआजा कार्यक्रम राखिएको छ । शुक्रबार बिहान चार्टर विमानमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आएका उनका समर्थक, शुभेच्छुक, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता, कार्यकर्तालगायतले स्वागत गरेका थिए ।
पूर्व राजा ज्ञानेन्द्र शुक्रबार दिउँसो चार बजे नै काठमाडौ फर्किने कार्यक्रम रहेको उनको सचिवालयका सचिव फणीन्द्र पाठकले जानकारी दिए ।