Samajik Feed – News Portal from Nepal

वीरगञ्ज, कार्तिक २४ गते ।

शनिबार देखि  बिरगंजको  क्लार्क रिसोर्ट होटलमा मधेस प्रदेशका युवा उधमीहरूलाई लक्ष्यित गर्दै पहिलो पटक स्टार्टअप नवउद्यमी सम्मेलनको आयोजना गरिएको छ ।

यो कार्यक्रम वीरगंजको गण्डक स्थित क्लार्क रिसोर्ट होटलमा आयोजना गरिएको थियोे । एकदिने नवउद्यमी सम्मेलनको मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले उदघाटन गरेका थिए । उदघाटनमा बोल्दै मुख्यमन्त्री सिंहले नवउद्यमशिलताको विकासका लागि आवश्यक सहयोग गर्ने एवं उनले बिरगंजमा भएको सम्मेलन मधेस प्रदेशको आर्थिक समृद्धिका लागि महत्वपूर्ण रहेको बताएका थिए ।

उद्यम व्यावसायमा सबै सफल हुन्छन् भन्ने नहुने बताउदै हौसला, दृढशक्ति र आत्मविश्वासका साथ नयाँ उद्यमशिलताको विकास गर्न युवाहरुलाई आग्रह गरे । परम्परागत शिक्षाले उद्यमशिलताको विकास नहुने भन्दै मुख्यमन्त्री सिंहले आधारभूत तहदेखि नै व्यवहारिक शिक्षाको विकास गर्नुपर्ने धारणा व्यक्त गरे । नवउद्यमशिलताका लागि बिरगंज उद्योग वाणिज्य संघले उपलब्ध गराएको संघको जग्गामा पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीको अध्यक्षतामा भएको उदघाटन सत्रमा मधेस प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अहमद, मधेस प्रदेश निती आयोगका उपाध्यक्ष सोहन साह, भारतको गुगल हेड अपूर्व चमरिया, महासंघका उपाध्यक्ष हेमराज ढकाल, बिरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, नेपाल औद्योगिक व्यावसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् पर्सा मिलन केन्द्रका अध्यक्ष उमेश गुप्ता, बिरगंज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम, युवा नेता ओम प्रकाश सर्राफ एवम् नवउद्यमी स्टार्टअप सिखने भाईबहिनि एवं आमजन मानस, सन्चारकर्मीहरु लगाएतको उल्लेखनीय उपस्थिति रहेको थियो।नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *