Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १९ गते ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा देउसीभैलो खेलिरहेका भीडलाई बसले ठक्कर दिँद दुईजनाको मृत्यु भएको छ । अन्य १८ जना घाइते भएका छन् ।

आज साँझ ५ बजेतिर वडा नं ५ र ६ को सिमानामा रहेको जयठाटीमा देउसीभैलो नाचिरहेको ठाउँमा ना ३ ख २४७१ नम्बरको बस ‘ब्रेक फेल’ भएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा भैलो खेलिरहेका मानिसलाई बसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार, अर्घाखाँची अस्पतालमा उपचारका क्रममा २२ वर्षीया तारा श्रेष्ठको पनि मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *