सामाजिक फीड–
जनकपुरधाम, कार्तिक १९ गते ।
रौतहटमा एक भारतीय नागरिकलाई पेस्तोल र गोलीसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ४२ वर्षीय राजेश सिंह छन् ।
सशस्त्र प्रहरीको टोलीले विशेष सूचनाको आधारमा सोमबार बिहान २ बजे राजदेवी नगरपालिका–९ ब्रहमपुरी गाउँमा सञ्जीव सिंहद्वारा सञ्चालित पसलमा चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा शौचालयको माथिल्लो भागमा एक थान नलकटुवा पेस्तोल, ८ एमएमको तीन थान गोली, र एक थान गोलीको खोका फेला परेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले जानकारी दिए ।
उनका अनुसार हतियारसहित पक्राउ परेका राजेश सिंहलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, रौतहटमा बुझाउन लागिएको छ ।