सामाजिक फीड-
जनकपुरधाम, कार्तिक ९ गते ।
रौतहटबाट ७ लाखभन्दा बढीको चाँदी सहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको सितामढी जिल्ला बैरगनिया ८ असोगी निवासी ६२ वर्षिय चन्देश्वर साह रहेका छन् ।
रौतहटको गौर नगरपालिका १ मा रहेको भन्सार कार्यालय अगाडिको सडकखण्डमा चेकजाँचका क्रममा उनको साथबाट ७ हजार १ सय ८७ ग्राम चाँदीसहित पक्राउ गरेको हो ।
बिआर ३० एफ ६६३५ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल तर्फ जाँदै गरेका साहलाई प्रहरीले खानतलाशी गर्दा मोटरसाइकलको ट्याकीं मुनी लुकाएर नेपालतर्फ ल्याउदै गरेको ७ लाख ७७ हजार ९२० रुपैंया बराबरको चाँदी फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक दिलिप घिमिरेले बताए ।
पक्राउ परेका साहलाई चाँदी र मोटरसाइकल सहित आवश्यक कारवाहीका लागी गौर भन्सार कार्यालयमा दाखिला गरेको उपरिक्षक घिमिरेले बताए ।