सामाजिक फीड
जनकपुरधाम, कार्तिक १ गते ।
महोत्तरीमा स्रोत नखुलेको आठ लाख पाँच हजार पाँच सय रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् । बुधबार दिउँसो जलेश्वर–सम्सी सडकखण्डको भोल्ही चोकमा २८ वर्षीय रामस्नेही साहलाई प्रहरीले उक्त नगदसहित पक्राउ गरेको हो । साह सम्सी गाउँपालिका–७ का बासिन्दा हुन् ।
महोत्तरी प्रहरी प्रवक्ता डिएसपी सन्तुलालप्रसाद जैसवारका अनुसार बीआर ३० एएफ ३८७६ नम्बरको भारतीय मोटरसाइकलमा यात्रा गरिरहेका साहलाई शङ्काका आधारमा चेकजाँच गर्दा स्रोत नखुलेको नगद बरामद भएको हो । साहले शरीरका विभिन्न भागमा लुकाएर एक हजार दरका ८०१ थान र पाँच सय दरका ९ थान नोट बोकेको डिएसपी जयसवारले जानकारी दिए ।
प्रहरीले पक्राउ परेका साह र मोटरसाइकललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।