Skip to main content

सामाजिक फीड-
जनकपुरधाम, असोज २४ गते ।

बडाँ दसैँको सतमीको अवसरमा अवसरमा विभिन्न शक्तिपीठमा आज बिहानैदेखि खोइँच भराई तथा लड्डु चढाउने कार्यक्रम चलिरहेको छ ।

खोइँच भर्न तथा लड्डु चढाउन जनकपुरका प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिर, रामानन्दचोकमा दुर्गापूजा स्थान, धनुषा रमदैयाको राजदेबी मन्दिर, महोत्तरीको सोनामाइ मन्दिर, सप्तरीको छिन्नमस्ता भगवती मन्दिर, कंकालिनी मन्दिर लगायत शक्तिपीठहरुमा श्रद्धालुभक्तजनको भीड लागेको छ ।

बिहानसम्म हजारौं महिला महिलाहरुले राजदेवी मन्दिरमा खोइँच भरेका छन् । अहिले पनि खोइँच भर्ने तथा प्रसाद चढाउने कार्यक्रम चलिरहेको छ ।
सन्तानको दीर्घायु तथा पारिवारिक सुख, शान्ति तथा समृद्धिको कामना गर्दै महिलाहरु खोइँच भर्ने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *