Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
१ असोज २०८१

काठमाडौँदेखि धनुषाधामतर्फ जाँदै गरेको एक बस मिथिला बिहारी नगरपालिका-२, पुरंदाहामा दुर्घटना भएको छ। दुर्घटना खलासीले बस चलाउँदा नियन्त्रण गुमाउँदा भएको हो।

स्थानीयवासीका अनुसार, दुर्घटना भएको समयमा बस चालक जनकपुरमै थिए र बस खलासीले चलाइरहेको थियो। खलासीले बसको नियन्त्रण गुमाउँदा बस पुरंदाहा नजिक सडकबाट चिप्लिएर दुर्घटना भएको हो।

दुर्घटनामा अहिलेसम्म कुनै गम्भीर घाइतेको रिपोर्ट प्राप्त भएको छैन, तर स्थानीय प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *