सामाजिक फीड-
जनकपुरधाम, भदौ ३१ गते ।
बाराको पूर्व–पश्चिम राजमार्गस्थित उनासी पुलमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन्।
काँकडभिट्टादेखि दाङतर्फ गइरहेको ना ८ ख ११६४ नम्बरको बस गएराति १२ बजे अनियन्त्रित भएर पुलबाट खसेको हो ।
दुर्घटनाा दाङको गडवा गाउँपालिका–५ निवासी चेतन राय यादवको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।
घाइते ४३ जनामध्ये ३४ जनाको अवस्था मध्यम रहेको छ भने ६ जनाको अवस्था गम्भीर छ। बसको अगाडिको भाग भाँचिएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।