Samajik Feed – News Portal from Nepal

सामांजिक फीड-
जनकपुरधाम, भदौ २७ गते ।

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले सम्बन्धविच्छेदको मुद्दा लिएर अदालत पुगेका छन् । उनले ललितपुर जिल्ला अदालतमा आफ्नो श्रीमती सोनी सिन्धुसँग सम्बन्धविच्छेदका लागि मुद्दा दायर गरेका हुन् ्।

अदालतका प्रवक्ता रामसजिवन महतोका अनुसार, राउतले भदौ १२ गते नै मुद्दा दर्ता गराएका थिए । राउतको फिरादपत्रमा उनकी श्रीमती सोनी सिन्धु घरमा नबसी बारम्बार माइत जाने गर्छिन् र लामो समयदेखि भारतमा बस्दै आएकी छन् ।

अदालतले हाल मुद्दासम्बन्धी म्याद तामेलीको प्रक्रिया अघि बढाइरहेको छ । फिरादपत्रमा राउतले श्रीमतीले आफ्ना छोराछोरी र परिवारप्रति जिम्मेवारी नपुर्याएको उल्लेख गर्दै मुलुकी संहिताअनुसार अलग बस्न चाहेको जनाएका छन् ।

राउतकी श्रीमती सोनी भारतीय नागरिक हुन् । उनीहरूको दुई छोरी र एक छोरा छन् । राउतले ’अंश’ दिएर श्रीमतीलाई राख्न तयार रहेको पनि फिरादपत्रमा उल्लेख गरेका छन् । अब प्रतिवादी सिन्धुलाई म्याद तामेली भएपछि मात्र मुद्दाको पेसी सुरु हुनेछ, जसपछि दुवै पक्षको जवाफको आधारमा अदालतले सम्बन्धविच्छेदको निर्णय दिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *