सामाजिक फीड-
जनकपुरधाम, भदौ २६ गते ।
बरामा खुर्पा प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । बचाउन गएका दुई छोरी घाइते भएकी छन् । हत्या हुनेमा बाराको निजगढ नगरपालिका ९ की ४० वर्षीया लक्ष्मी राइ छन् । बचाउन गएकी उनका जेठी छोरी १८ वर्षीया गंगा र १५ वर्षीया जमुना घाइते भएको बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटोले जानकारी दिए ।
जेठी छोरी गंगाको अवस्था गम्भीर भएकाले थप उपचारको लागि काठमाडौं लागिएको छ । डिएसपी सापकोटाका अनुसार हिजो मंगलबार साँझ साढे ७ बजेतिर श्रीमान ४६ वर्षीय बिमलकुमार वस्नेत मादकपदार्थ सेवन घरेर आएपछि श्रीमती लक्ष्मीवीच वाइफाइको रिचार्ज सकिएको विषयमा विवाद भएको थियो ।
चारदिनदेखि घरको वाइफाइमा रिचार्ज सकिएको थियो । रक्सी खान पैसा हुने, वाइफाइमा रिचार्ज गर्न नहुने श्रीमतीले भनेपछि चुलिएको विवादमा बिमलले जथाभावी खुर्पा प्रहारेका थिए ।
त्यस क्रममा छोरीहरु बचाउन जाँदा खुर्पा प्रहारबाट घाइते भएको डिएसपी सापकोटाले बताए । श्रीमान बिमललाई पक्राउ गरी घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।