Samajik Feed – News Portal from Nepal

२८ कार्तिक, जनकपुरधाम। नेपाली कांग्रेसले मंसिर १० गते हुने उपनिर्वाचनमा पार्टी र सत्तारुढ गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिने नेतासहित पाँच जनालाई कारबाही गरेको छ ।

पार्टीको अनुशासन समितिको बैठकले हुम्लाका मंगलबहादुर शाही र धर्मेन्द्रप्रसाद यादव, रवीन्द्रप्रसाद यादव, वीरेन्द्रप्रसाद यादव र बाराका राम एकवलप्रसाद यादव (सिल्पु)लाई कारबाही गरेको हो । उनीहरुलाई पार्टीको विधानअनुसार पाँच वर्षका लागि पार्टीको साधारण सदस्यताबाट निष्कासन गरिएको हो ।

पार्टीले यसअघि पनि विद्रोही उम्मेदवार र तिनका प्रस्तावक तथा समर्थकलाई कारबाही गरेको थियो ।
गत मंसिर २१ गते पार्टीले विद्रोही उम्मेदवारी दिएका उदयपुर–२ का निर्वाचन क्षेत्र अध्यक्ष रामकुमार राई, उनका प्रस्तावक लीलाराज दनुवार र समर्थक मीनकुमार दाहाललाई पार्टी महासमितिबाट हटाउन कारबाही गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *