२८ कार्तिक, जनकपुरधाम। गोरखा–२ मा पार्टीको उम्मेदवारको चुनावी प्रचारमा गएका नेकपा एमालेका नेता तथा कार्यकर्ताको टोलीमाथि आइतबार राति समूहले आक्रमण गरेको छ। प्रहरीका अनुसार एमाले गण्डकी प्रदेश सचिवालय सदस्य हरि काफ्लेले राति करिब ११ः३० बजे च्याङलीको पालुङटार नगरपालिका–६ स्थित होटलमा गुण्डाको आक्रमणबाट घाइते भएका छन् ।

टाउकोमा सात वटा टाँका लगाएका काफ्लेले तनहुँको डुम्रेस्थित स्वास्थ्य चौकीमा उपचाररत छन् ।
आक्रमणमा संलग्न रहेको आरोपमा अजित पन्त र राम सापकोटा नामक दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आक्रमणमा संलग्न अन्य दुई जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले बताए ।
यसैबीच एमालेका उम्मेदवार अब्दुस मियाले आक्रमण पूर्वनियोजित भएको दाबी गरेका छन् ।
मियाले भने, ‘नेताहरु खाना खाइरहेका बेला गिरोहले आक्रमण गरेको हो । ‘दीपक तामाङलाई खोज्दै होटलभित्र पसेर अचानक आक्रमण गर्न थाले । झडपमा सचिवालय सदस्य काफ्ले घाइते भएको उनले बताए ।
‘हामीलाई धम्कीको फोन आएको थियो । त्यसैले हामीले आक्रमणलाई पूर्वनियोजित घटनाका रूपमा लिएका छौं,’ मियाले भने