Samajik Feed – News Portal from Nepal

२८ कार्तिक, जनकपुरधाम। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको आगामी मुख्यमन्त्री सत्तारुढ गठबन्धनकै उम्मेदवार हुने बताउनुभएको छ । परशुराम नगरपालिकाको जोगबुढामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले आगामी मुख्यमन्त्री खगराज भट्ट नै हुने बताएका छन् । सुदूरपश्चिम प्रदेश ‘सुदूरपश्चिम प्रदेश सरकारको आगामी मुख्यमन्त्री भट्ट नै हुन् । म उहाँलाई सबैले भोट गरोस् भन्ने चाहन्छु’, देउवाले भने ।

नेकपा–माओवादीका नेता भट्ट डडेल्धुराबाट प्रदेशसभा सदस्यमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् । यसैबीच, देउवालाई आइतबार गृह जिल्ला डडेल्धुरामा ३२ किलो तौलको मालाले सम्मान गरिएको छ । परशुराम नगरपालिकाको लोकतान्त्रिक वाम गठबन्धनले नगरपालिकाको जोगबुढामा देउवालाई ३२ किलोको मालाले सम्मान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *