सामाजिक फीड-
जनकपुरधाम, भदौ १६ गते ।
सिरहामा सर्पको डँसाइले एक युवतीको मृत्यु भएको छ। सिरहाको सखुवा नन्कारपट्टी गाउँपालिका ३ की २० वर्षीया सरिता कुमारी सदाको मृत्यु भएको हो ।
राति १२ बजे सुतेको बेला उनलाई गौमन सर्पले टोकेको थियो। उपचारको लागि नलगी गाउँकै धामीझाँक्रीमा झारफुकको लागि लगिएको थियो।
झारफुकबाट निको नभएपछि अन्ततः सरितालाई लहान प्रादेशिक अस्पतालमा लगिएको थियो । उनलाई चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।
आफन्तका अनुसार, राति घरको दुलोमा पसेको गौमन सर्पलाई स्थानीयले निकालेर मारेका छन्।