Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, भदौ १३ गते ।

सप्तरीमा जंगली बँदेल मारेको आरोपमा पूर्व डीआईजी सहित १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा पूर्व डिआइजी सुनसरीको इटहरी उपमहानगरपालिका–२ निवासी ६१ वर्षीय ज्ञानविक्रम शाह र बहालबला सई विराटनगर महानगरपालिका–३ निवासी ४४ वर्षीय सञ्जय न्यौपाने लगायत छन् ।

यस्तै सप्तरीको तिरहुत गाउँपालिका–१ निवासी ५१ वर्षीय लक्ष्मण मण्डल, हनुमाननगर कंकालिनी नगरपालिका–१ का ५० वर्षीय लक्ष्मण मण्डल, हनुमाननगर कंकालिनी–२ का ५१ वर्षीय जनार्दन राउत, हनुमाननगर कंकालिनी–३ का ५१ वर्षीय शंकरप्रसाद यादव, हनुमाननगर कंकालिनी–५ का २३ वर्षीय ओमशंकर प्रसैला, हनुमाननगर कंकालिनी–८ का ३७ वर्षीय आकाश यादव, राजविराज नगरपालिका–७ का २५ वर्षीय रविन दास र सुनसरीको इटहरी उपमहानगरपालिका–२० का ३३ वर्षीय प्रदीप लिम्बू रहेका छन ।

प्रहरीका अनुसार उनीहरूलाई आज बिहान ३ बजेतिर सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित भारदह योगिनायाँ कोशी पलार क्षेत्रबाट पक्राउ गरिएको हो । पक्राउ गरिएको स्थानबाट एक थान राइफल, दुई म्याग्जिन, १५ राउण्ड गोली, तीन बाइनाकुलर, एक ट्राइपोर्ट, फलामको हथौडा, खुर्पा, एक स्कोरपिओ गाडी, एक ट्याक्टर, र गोली लागेर मारिएको बँदेल बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *