सामाजिक फीड,
जनकपुरधाम । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सामान्य भन्दा उत्तर तर्फ र पश्चिममा सामान्य भन्दा दक्षिणतर्फ रहेको छ।
वर्तमानमा देशभर आंशिकदेखि सामान्यतया बदलीको स्थिति छ। बागमती प्रदेशका केही स्थानहरूमा, गण्डकी प्रदेशका थोरै स्थानहरूमा, कोशी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदलीको स्थिति रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना पनि रहेको छ।
आज राति देशभर सामान्यतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। साथै, सबै प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षा हुने सम्भावना छ। बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना पनि रहेको छ।