Skip to main content

जनकपुर–जयनगर रेल्वे लिकमा भएको दुर्घटनामा एक व्यक्तिले दुवै खुट्टा गुमाएका छन्। जनकनन्दनी गाउँपालिका–३ महुवाका करिब ३५ वर्षीय श्रीराम दास रेल्वे लिकमा परी यो दुर्घटनामा परेका हुन्। आज बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेलको लिक नजिक हिँडिरहेका बेला जयनगरबाट आइरहेको रेलले हर्न दिएपछि उनी अल्मलिएर लिकमा परेका थिए। यस दुर्घटनामा दासले दुवै खुट्टा गुमाएको रेल्वे विभागका प्रवक्ता प्रहरी नायव उपरीक्षक दयाराम पौडेलले जानकारी दिएका छन्। दासलाई तत्कालै उपचारका लागि जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *