२३ कार्तिक, जनकपुरधाम। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमबाट निर्वाचनलाई लक्षित गरी निर्देशन दिएका हुन् ।

विभिन्न निकायका प्रमुखलाई दिएको निर्देशनमा प्रहरी महानिरीक्षक सिंहले निर्वाचनमा आउन सक्ने चुनौतीको सामना गर्न तयार रहन निर्देशन दिए । प्रहरी महानिरीक्षक सिंहले केही अराजक तत्वले निर्वाचन बिथोल्न खोजेमा त्यसलाई उचित र प्रभावकारी रुपमा कारबाही गर्न निर्देशन समेत दिए ।