Skip to main content


जनकपुरधाम, असार ११
| प्रजातान्त्रिक विचार समाज धनुषाको अध्यक्षमा पत्रकार नवीन झा मनोनित भएका छन्। समाजको कन्द्रिय समितिले झालाई धनुषा अध्यक्षको जिम्मा दिदै मधेश प्रदेश भरी संगठन विस्तार गर्ने अख्तीयारी प्रदान गरेका छन्। प्रजातान्त्रिक विचार समाज नेपाली काग्रेस निकट बुद्धजिवीहरुको संगठन हो । यसले प्रजातान्त्रिक मुल्य र मान्यतामा आधार भएर विचार निर्माणमा सक्रिय रह्दै आएका छन ।

नेपाली काग्रेस निकट विभिन्न क्षेत्रका बुुछजिवीहरुको सक्रियतामा ०५२ सालमा संस्थापित यो समाजको केन्द्रिय अध्यक्ष अहिले वरिष्ठ पत्रकार कुलचन्द्र वाग्ले छन्। समाजको सबै जिल्लाहरुको साथै देश वाहिर पनि संगठन रहेका छन्।
धनुुषा शाखाका अध्यक्षको जिम्मा पाएका पत्रकार झा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य समेत हुन । झा नेपालका मुलधारको पत्रकारितामा विगत डेढ दशक यता सक्रिय छन्। उनी कान्तिपुर दैनिक, हिमाल खवरपत्रिका, अन्नपुर्ण पोष्ट र नयां पत्रिकामा काम गरिसकेका छन्।

धनुुषा शाखाको अध्यक्षको जिम्मा पाए पछि अव झाले आफनो नेतृत्वमा जिल्ला कमिटी निर्माण गर्नुको साथै मधेश प्रदेशका अन्य जिल्लाहरुमा समेत जिल्ला शाखाहरु गठन गर्ने छन्। त्यसको साथै साथै विचार समाजको व्यानरमा बैद्धिक विचार विमर्शहरु समेत संचालन गर्ने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *