सामाजिक फीड
जनकपुरधाम , जेष्ठ २३ गते ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत नलिने भएका छन्।
आफू बिरामी परेको भन्दै उनले विश्वासको मतसम्बन्धी कार्यसूची सार्न सभामुख रामचन्द्र मण्डलकहाँ पत्र पठाएका छन् ।
बुधबार बसेको जसपा नेपालको संसदीय दलको बैठकले जेठ २८ गते विश्वासको मत लिने निर्णय गरेको प्रमुख सचेतक रामअशिष यादवले जानकारी दिए।
गत बैशाख ३० गते नेकपा एमाले र माओवादी केन्द्र सरकारबाट बाहिरिँदै मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने भएका थिए।
नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभासमक्ष प्रस्ताव राख्नु पर्ने व्यवस्था छ।