Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, जेष्ठ २३ गते

काठमाडौँ महानगरपालिका–७ चाबहिल स्थित सरस्वती नगरमा एक पुरुषले पेट्रोल छर्केर आफैँलाई आगो लगाएपछिको घटनामा ५ जना घाइते भएका छन् ।

बुधबार ५५ वर्षीय चञ्चल बहादुर सिंहले आफ्नै शरीरमा आगो लगाउँदा उनीसहित रिवारका ५ जना घाइते भएका हुन् ।घाइते हुनेमा सिंहसहित उनका ३ जना छोरी र पत्नी छन् । घाइतेहरूलाई उपचारको लागी कीर्तिपुर स्थित बर्न अस्पतालमा पठाइएको प्रहरी वृत्त गौशालाका डीएसपी केशव थेवेले रातोपाटीलाई बताए ।घरायसी झगडा र मादक पदार्थ सेवन गरेर सिंहले घरमै आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

बुवाले छर्केको पेट्रोलका कारण शरीर जलेर उनका दुई छोरीहरू गम्भीर घाइते भएका छन् । २४ र १६ वर्षीया छोरीहरू गम्भीर घाइते भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *