Skip to main content

सामाजिक फीड,

जनकपुरधाम, २२ जेठ । मधेश प्रदेशसभाले दुई वटा विधेयक दफाबार छलफलका लागि समितिमा पठाउन स्वीकृति दिएको छ । मंगलबार बसेको मधेश प्रदेशसभाको तेश्रो अधिवेशनको दोश्रो बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेका तर्फबाट खेलकुद तथा समाज कल्याणमन्त्री सरिताकुमारी साहले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० लाई दफाबार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

सो प्रस्ताव सम्बन्धित समितिमा पठाउन मधेश प्रदेशसभा सर्वसम्मत भएको हो । त्यस्तै, मन्त्री साहले नै प्रस्तुत गरेको बाल अधिकार ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भने प्रस्तावमा पनि प्रदेशसभाले स्वीकृति प्रदान गरेको छ ।

प्रदेशसभाको अर्को बैठक भोलि बुधबार ३ बजे बस्ने गरी स्थगित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *