Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, जेष्ठ २२ गते

महोत्तरीस्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयका अनुदान कोटा (राहत) शिक्षक अशोक कुमार साहविरुद्ध नक्कली प्रमाणपत्रको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार साहले कामेश्वर सिंह दरभंगा संस्कृत विश्वविद्यालय, बिहार, भारतबाट नवीन उत्तर मध्यमा तह उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेका थिए। साह २०६९ कार्तिक २५ गतेदेखि शिक्षक अनुदान कोटा (राहत) पदमा नियुक्त भई हालसम्म कार्यरत रहेको पाइएको छ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजायको माग गर्दै विशेष अदालत, काठमाडौंमा आज आरोप-पत्र दायर गरेको जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *