Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, जेष्ठ २२ गते

नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले संयमता गुमाउँदै गएको आरोप लगाउनुभएको छ। मंगलवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सचिव भट्टराईले मेयर साहलाई संयमता र सद्भावको प्रतीकका रुपमा अध्यक्ष ओलीले तबला उपहार दिए पनि प्रमुख साहले त्यसको विपरीत आचरण देखाएको बताउनुभयो।

सचिव भट्टराईले मेयर साहलाई संविधानले तोकेको सीमाभित्र रही काम गर्न चेतावनी दिँदै, काठमाडौं महानगरपालिका र सडक विभागबीच उत्पन्न मतभेदहरूको दोष एमालेलाई दिनु अनुचित भएको उल्लेख गर्नुभयो। उहाँले महानगरपालिकाको नेतृत्वमा एमालेको उल्लेखनीय योगदानको चर्चा गर्दै, मेयर साहलाई सहयोग गर्न तयार रहेको जनाउनुभयो।

उहाँले मेयर साहले नेताहरु जेल बसेको कुरालाई खिसिट्युरी गरेकोप्रति असन्तुष्टि जनाउँदै, संयमता र सद्भाव गुमाउन नहुने सुझाव दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *