Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, जेष्ठ २१ गते

भक्तपुर नगरपालिका–१ कमलविनायकमा १६ महिने शिशुको खाटबाट खसेर मृत्यु भएको छ। रामेछाप घर भई कमलविनायकमा डेरा गरी बस्ने सरु खड्काका छोरा सम्राट खड्काको निधन भएको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीका अनुसार, बालकको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको हो। खेल्ने क्रममा खाटबाट भुँईमा खसेर गम्भीर घाइते भएका सम्राटको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

4o

Leave a Reply

Your email address will not be published. Required fields are marked *