Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, जेष्ठ २१ गते

बाँकेको बैजनाथ गाउँपालिका-६, सम्झनाचोकस्थित सडकबाट १८ वर्षीय किशोरलाई अवैध लागूऔषध ब्राउनसुगरसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। कोहलपुर नगरपालिका-११ निवासी उक्त किशोरलाई ६२० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका किशोरमाथि थप अनुसन्धान भइरहेको छ। अवैध लागूऔषध कारोबार रोकथाम गर्न प्रहरीले सक्रियता बढाएको र यस प्रकारका कारबाहीहरूलाई निरन्तरता दिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *