Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, जेष्ठ २१ गते

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ।

कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सोमबार अपराह्न ४ बजे कोशी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालका अनुसार, प्रदेश प्रमुख खापुङले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठकलाई सम्बोधन गर्नेछन्।

उक्त सम्बोधनको क्रममा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिने छ, जसले प्रदेशको आगामी आर्थिक गतिविधिहरूको दिशानिर्देश गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *