Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, जेष्ठ २० गते

काठमाडौं महानगरपालिका–७ स्थित एक गेस्टहाउसबाट ७२ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजपुरको पौवा डुग्माका ५० वर्षीय भीमसेन विश्वकर्मा र २९ वर्षीय खेमराज विश्वकर्मा रहेका छन्।

प्रहरीले हुण्डी कारोबार भइरहेको सूचना पाएपछि खटिएको टोलीले उनीहरूलाई नगद ७२ लाख रुपैयाँसहित पक्राउ गरेको हो। काठमाडौं–७ को लुम्बिनी खाजा घर एण्ड गेस्ट हाउसबाट पक्राउ गरिएका यी व्यक्तिहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिएका छन्।

प्रहरीले यस मामलामा थप अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *