सामाजिक फीड
जनकपुरधाम, जेष्ठ २० गते
आइसीसी टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ। आइतबार बिहान सम्पन्न खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो।
क्यानडाले दिएको १९५ रनको चुनौतीपूर्ण लक्ष्यलाई पछ्याउँदै अमेरिकाले १७.४ ओभरमा मात्र ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। अमेरिकाका लागि एरोन जोन्सले अविजित ९४ रन र आद्रिज गोउसले ६५ रन बनाउँदै महत्वपूर्ण योगदान दिए।
यसअघि, टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रनको प्रतिस्पर्धात्मक स्कोर खडा गरेको थियो। क्यानडाका लागि नवनीत धालिवालले सर्वाधिक ६१ रन र निकोलस क्रितोनले ५१ रन बनाएका थिए। त्यसैगरी, श्रेयस मोभ्भाले १६ बलमा ३२ रनको अविजित इनिङ खेले।
यो जितसँगै समूह ए मा रहेको अमेरिकाले २ अंक हासिल गरेको छ। अब अमेरिकाले आफ्नो दोस्रो खेल जुन ६ मा पाकिस्तानविरुद्ध खेल्ने छ भने क्यानडाले दोस्रो खेल जुन ७ मा आयरल्याण्डविरुद्ध खेल्ने तालिका रहेको छ।