Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, जेष्ठ १९ गते

महोत्तरी जिल्ला समन्वय समितिले विकास निर्माणका कामहरु प्रक्रियाविपरित हुन थालेकोमा ध्यानाकर्षण जनाएको छ।

अनुगमनको क्रममा होडिङ्ग बोर्ड नराख्ने र कच्चा पदार्थ यथास्थानमा छाड्दा दुर्घटनाको जोखिम बढेको पाइएपछि समितिले सबै पालिकाहरुलाई ऐन, नियमको परिधिमा रहेर काम गर्न निर्देशन दिएको छ।

समितिका संयोजक सुमनलाल कर्णले योजनास्थलमा जानकारी नराख्दा जनताको सुचनाको हक कुन्ठित भएको बताउँदै, सार्वजनिक सडक ऐन २०३१ को दफा २१ अनुसार सामग्रीको व्यवस्थापन गर्न आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *